अन्तर्राष्ट्रिय क्रिकेटमा हेमन्त धामीको डेब्यू

युवा तीव्र गतिका बलर हेमन्त धामीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका छन् । उनले क्यानडाविरुद्धको एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा डेब्यू गरेका हुन् ।

योसँगै हेमन्त जारी सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्ने चौथो खेलाडी बनेका छन् । यही सिरिजमा सूर्य तामाङ, रिजन ढकाल र आकाश चन्दले डेब्यू गरिसकेका छन् । हेमन्तले यू–१९ एसिया कपमा राम्रो प्रदर्शन गरेका थिए । जसकारण उनी सिनियर टिममा अटाएका थिए । 

तेस्रो खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गरिरहेको छ । सिरिज नेपालले एक खेल अगावै जितिसकेको छ । नेपालले पहिलो र दोस्रो खेल क्रमशः ७ रन तथा ४ विकेटले जितेको थियो । 

नेपाल आज तेस्रो खेलमा पनि जित हात पार्दै सिरिज ३–० ले ‘क्लिन स्विप’ गर्न चाहन्छ । यता पाहुना टोली क्यानडा भने अन्तिम खेलमा जित निकालेर नेपाल भ्रमणको सुखद अन्त्य गर्ने सोचमा छ ।     

तेस्रो खेलमा नेपालको प्लेइङ–११ : अनिल शाह (विकेटकिपर), कुशल भुर्तेल, रोहितकुमार पौडेल (कप्तान), देव खनाल, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, आकाश चन्द, हेमन्त धामी र ललितनारायण राजवंशी ।  





  • प्रकाशित मिति : माघ २९, २०८० साेमबार ९:२०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया