logo-img

हिमालय सिमापार वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित

नेपाल हिमालय सिमापार वाणिज्य संघको अध्यक्षमा रामहरि कार्की निर्वाचित भएका छन् । सङ्घको २४औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशनमा सहमति हुन नसकेपछि भएको निर्वाचनमा कार्कीले ४३४ मत ल्याए । 

अर्का प्रत्यासी लोपसाङ शेर्पालाई १३ मतले पछाडि पार्दै कार्की निर्वाचित भएका हुन् । दुई वरिष्ठ उपाध्यक्षमा  गङ्गाबहादुर घिमिरे (सागर) ले ४४२ मत र रामचन्द्र पराजुलीले ४४३ मत ल्याई निर्वाचित भएका छन् ।

यस्तै, सचिव पदका लागि पाँच जनाको उम्मेदवारी परेकोमा विकासप्रसाद रिजाल, आङदोर्जे शेर्पा, तुलसी राउत (श्याम) र सुब्बा श्रेष्ठ निर्वाचित भएका छन् । 

सदस्यलगायत अन्य पदाधिकारी यसअघि नै सर्वसम्मत भइसकेका छन् । आइतबार सर्वसम्मत हुन नसकेका अध्यक्षलगायत पदाधिकारीको भने निर्वाचन भएको हो । 





  • प्रकाशित मिति : माघ २९, २०८० साेमबार ११:३६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया