logo-img

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ३३ अंकले उकालो लागेर दुई हजार एक सय एक दशमलव १६ मा उकालो लागेको छ । 

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २४ अंकले उकालो लागेर तीन सय ७५ दशमलव ९९ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहको सेयर मूल्यमा उकालो लागेको छ भने एक उपसमूहको सेयर मूल्य ओरालो लागेको छ । 

कूल एक करोड एक लाख आठ हजार एक सय २२ कित्ता सेयर तीन अर्ब ५८ करोड ६९ लाख ८४ हजार एक सय २८ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको २३ करोड दुई लाख ३५ हजार चार सय ४९ बराबरको कारोबार भयो । 

यस्तै, एनआरएन इन्फास्टकचर १६ करोड ३० लाख २५ हजार एक सय ७६, एनआइसी एसिया बैंक १३ करोड ७७ लाख ४७ हजार तीन सय ९८, नेपाल इन्स्योरेन्स ११ करोड ३७ लाख तीन हजार दुई सय ९४ र सोनापुर मिनरल्स १० करोड २७ लाख ११ हजार सात सय २८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । 

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु, समाज लघुवित्त, कुर्थली बुखरी स्मल हाइड्रोपावर, चिर्खवा हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । बलेफी हाइड्रोपावरका लगानीकर्ताले भने नौ दशमलव ९८ प्रतिशतले कमाएका छन् । 

यस्तै, एनआइसी एसिया ग्रोथ फण्ड दोस्रो आठ दशमलव ८९, इमर्जिङ नेपाल तीन दशमलव ८६, मिड सिन्धु हाइड्रोपावर तीन दशमलव १८, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम तेस्रो दुई दशमलव ७९ र एसबिएल डिबेञ्चरका लगानीकर्ताले दुई दशमलव शून्य सात प्रतिशतले गुमाएका छन् । 





  • प्रकाशित मिति : माघ २९, २०८० साेमबार १६:८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया