कतारमा मृत्युदण्ड तोकिएका ८ भारतीय नागरिक रिहा

कतारमा मृत्युदण्डको सजाय पाएका ८ भारतीय नागरिक रिहा भएका छन् । भारतको विदेश मन्त्रालयका अनुसार आठमध्ये सातजना भारत फर्किएका छन् ।

आठ पूर्वमरीनले दोहास्थित अल दाहरा ग्लोबल टेक्नोलोजीमा काम गरेका थिए । उनलाई अगस्ट २०२२ मा जासुसीको आरोपमा पक्राउ गरिएको थियो । तर, आरोप सार्वजनिक गरेनन् । 

सबैलाई पनडुब्बी परियोजनामा जासुसी गरेको आरोप लागेको भारतीय मिडियाले जनाएका थिए । अल दहरा ग्लोबल कम्पनीले कतारको सैन्य बल र अन्य सुरक्षा निकायलाई तालिम र अन्य सेवा प्रदान गर्दछ । 

एक वर्षभन्दा बढी जेलमा बिताएपछि अक्टोबरमा कतारको तल्लो अदालतले पूर्वमरीनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । उक्त निर्णयविरुद्ध भारतले अपिल गरेको थियो । कतार भारतको प्राकृतिक ग्यासको प्रमुख आपूर्तिकर्ता हो ।

त्यहाँ करिब ८ लाख भारतीय नागरिक काम गर्छन् । दुई देशबीच सधैं राम्रो सम्बन्ध रहँदै आएको छ ।  





  • प्रकाशित मिति : फागुन १, २०८० मंगलबार ९:२०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया