विराटनगरमा टेपले बाँधेको प्रेसर कुकर फेला
फाइल तस्बिर

कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका–३ मा विस्फोटक पदार्थ राखिएको जस्तो अवस्थामा प्रेसर कुकर फेला परेको छ । टेपले बाँधेको प्रेसर कुकर बेवारिस अवस्थामा भेटिएको हो ।

हिजो साँझ उक्त वस्तु देखिएपछि प्रहरी टोली सोही क्षेत्रमा बसेर निगरानी गरेको थियो । उक्त स्थान आसपास क्षेत्रमा आवतजावतमा रोक लगाएर निगरानी गरिएको हो ।

उक्त शंकास्पद ‘कुकर बम’ डिस्पोज गर्न नेपाली सेनाको टोली परिचालन गर्ने तयारी भएको जनाइएको छ । सेनासँगको समन्वयमा उक्त शंकास्पद वस्तुबारे अनुसन्धान र आवश्यक परे डिस्पोज गर्ने तयारी भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

उक्त शंकास्पद वस्तु राख्ने काममा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका यसअघि नेत्रविक्रम चन्द विप्लव समूहमा आबद्ध रहेको खुले पनि उनीहरूबारे विस्तृत विवरण प्रहरीले सार्वजनिक गरेको छैन । 

उनीहरूले विप्लव समूहबाट अलग भएर विद्यालय र अरू संस्थाहरूमा चन्दा आतंक मच्चाइरहेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ ।





  • प्रकाशित मिति : फागुन १, २०८० मंगलबार १०:३१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया