logo-img

पाल्पामा जिप दुर्घटना : सातकाे मृत्यु, आठ घाइते

पाल्पामा जिप दुर्घटना भएकाे छ । तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा मंगलबार भएको दुर्घटनामा परी कम्तीमा सातजनाको मृत्यु भएको छ । 

सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु१ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो । दुर्घटनामा आठजना घाइते भएकाे प्रहरीले जनाएकाे छ । 

मृत्यु हुने तथा घाइते हुनेहरु सबै स्थानीय चिदिस गाउँका हुन् । मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।



घटनास्थलमा प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ । 





  • प्रकाशित मिति : फागुन १, २०८० मंगलबार १८:२४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया