logo-img

पाल्पा जिप दुर्घटना अपडेट : मृत्यु हुने चारजनाको पहिचान खुल्यो, १९ घाइतेको नामावली

मंगलबार पाल्पामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेमध्ये चारजनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा तिनाउ ६ चिदिसका रामबहादुर अस्लामी, कृष्णबहादुर अस्लामी, उर्मिला अस्लामी, दिल कुमारी अस्लामी रहेका छन् भने अन्य चारजनाको पहिचान खुलेको छैन ।

मंगलबार जिल्लाको डुम्रेबाट तिनाउँ गाउँपालिका–६ चिदिस शिखरडाँडा जाँदै गरेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बेलुका करिब ५ बजे लु१ज २३७१ नम्बरको जिप चिदिस शिखरडाँडा जाँदै गर्दा उकालोबाट व्याक भई दुर्घटना भएको प्रहरीको भनाइ छ । 

यस्तै लुम्बिनी मेडिकल कलेजले १९ घाइतेको नाम सार्वजनिक गरेको छ । तर जिल्ला प्रहरी कार्यालयबाट भने हालसम्म पुष्टि हुन सकेको छैन ।



घाइते हुनेहरूमा पाल्पा तिनाउ ६ कि २० वर्षीया कृष्णा पन्त, सोही ठाउँकै १९ वर्षीया उमा रास्कोटी, २१ वर्षीया अमृता गहतराज, १९ वर्षीया शान्ती राना, ९ वर्षीय सौरभ पुन, ४५ वर्षीय कूलबहादुर नेपाली, रुपन्देही खैरेनीका ९ वर्षीय विवेक जिसी, सोही ठाउँकै ७ वर्षीय अस्मित जिसी, तानसेन ७ कि ४२ वर्षीया सविता परियार, रिव्दिकोट १ की ३० वर्षीया रमा सुनार, सोही ठाउँकै ६ वर्षीया विधा सुनार, ६ वर्षीया साया सुनार, ५ वर्षीय आरभ सुनार,  ६६ वर्षीया विष्णुकला कामी, तानसेन १० का ४५ वर्षीय दानबहादुर चिदी, रुपन्देही हरैयाकी ३० वर्षीया भूमि पुन, १९ वर्षको उमा रास्कोटी र अन्य १ जना पुरुष, १ जना महिला र १ जना बालिका रहेका छन् । लुम्बिनी मेडिकल कलेज पाल्पाले सो जानकारी दिएको हो  ।





  • प्रकाशित मिति : फागुन १, २०८० मंगलबार २२:४६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया