logo-img

एनसिएल महिला टी–२० अक्सन : १० खेलाडीमाथि अधिकतम मूल्यकाे बाेली

काठमाडौं– ७ देखि १४ वैशाखसम्म हुने एनसिएल महिला टी–२० किक्रेट प्रतियोगिताको अक्सन सकिएको छ । अक्सनमा १० खेलाडीमाथि अधिकतम मूल्य ७५ हजारको बोली लागेको छ । अधिकतम बोली लाग्ने सबैलाई गोलाप्रथाबाट ४ टिममा बाँडिएको छ ।

एउटै खेलाडीमाथि एकभन्दा बढी टिमले अधिकतम बोली लगाएमा गोला प्रथाबाट खेलाडी छनोट गरिन्छ । 

४ टिम सहभागी हुने उक्त प्रतियोगितामा आज सबै टिमले १३/१३ जना खेलाडी अनुबन्ध गरेका हुन् । एउटा टिमले बढीमा ६ लाख ५० हजारसम्म खेलाडीको लागि खर्च गर्न पाउने व्यवस्था छ ।   

नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान रुविना क्षेत्री मार्की खेलाडी रहेको भैरहवा क्विन्सले ३ खेलाडीलाई ७५/७५ हजार खर्च गरेको छ । उसले सुनु खड्का, इन्दु वेर्मी र विन्दु रावलाई अधिकतम मूल्य ७५ हजारमा भित्र्याएको हो । टिमले १३ खेलाडीका लागि जम्मा ५ लाख ५० हजार खर्च गरेको छ । 

करुना भण्डारी मार्की खेलाडी भएको विराटनगर रोअरिङ लायोन्सले पनि २ खेलाडीलाई ७५/७५ हजार खर्च गरेको छ । उसले काजोल श्रेष्ठ र अप्सरी वेगमलाई अधिकतम मूल्य तिरेको हो । 

लायोन्सले १३ खेलाडीका लागि जम्मा ५ लाख २० हजार खर्चिएको छ । 



यस्तै, सीता रानामगर मार्की प्लेयर भएको धनगढी वन्डर वुमनले पनि २ खेलाडीलाई ७५ हजार तिरेको छ । उसले कविता कुन्वर र ज्योती पाण्डेलाई ७५/७५ हजार तिरेर आफ्नो टिममा भित्र्याएको हो । 

यो टिमले १३ खेलाडीका लागि जम्मा ५ लाख ५ हजार खर्चिएको छ । 



रेखा थापाले लगानी गरेको काठमाडौं सुपर च्याम्पियन्समा नेरी थापा मार्की खेलाडी छिन् । यस टिमले ममता चौधरी, सरिता मगर र रोमा थापालाई ७५/७५ हजार तिरेर खरिद गरेको छ । काठमाडौंले १३ जनाको लागि ५ लाख ७० हजार रुपैयाँ खर्चिएको छ । 

  • प्रकाशित मिति : चैत १७, २०७५ आइतबार १६:३९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया