इन्डोनेसियामा आमचुनावका क्रममा २७ मतदान कर्मचारीको मृत्यु

इन्डोनेसियाको सन् २०२४ को आम निर्वाचनमा कुल २७ जना मतदान कर्मचारीको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।

मन्त्रालयका प्रवक्ता सिती नादिया तरमिजीले फेब्रुअरी १० देखि १५ सम्म मन्त्रालयलाई प्राप्त जानकारीका आधारमा मतदान अघि, मतदानका क्रममा र मतदानपछि उनीहरूको मृत्यु भएको बताउनु भएको छ । 

मृत्युको मुख्य कारण हृदयाघात रहेको पाइएको छ । जसमा ९ जनाको हृदयाघातबाट ज्यान गएको तरमिजीले बताएका छन् । अन्य कारणमा सवारी दुर्घटनाबाट चार जनाको, दुई जनाको विद्युतीय झड्काबाट मृत्यु भएको छ भने उच्च रक्तचाप र श्वासप्रश्वासजन्य जटिलताबाट दुई जनाको मृत्यु भएको छ । बाँकीको निधन बारे पुष्टि हुन बाँकी छ ।

इन्डोनेसियाको बुधबारको आम चुनावमा २०४ मिलियन भन्दा बढी मतदाता आठ लाख २३ हजार २२० स्टेशनमार्फत ५.७४ मिलियन भन्दा बढी मतदान कार्यकर्ता सहभागी रहेको निर्वाचन आयोगले जनाएको छ ।

यसैगरी सन् २०१९ को आम निर्वाचनमा मृत्यु भएका मतदान कर्मचारीको सङ्ख्या ८ सय ९४ पुगेको थियो । आकस्मिक मृत्युलाई रोक्न सरकारले स्वास्थ्य परीक्षण लागू गरेको छ । इन्डोनेसियामा मतदान कर्मचारीको लागि अधिकतम उमेर सीमा ५५ वर्ष तोकेको छ । 





  • प्रकाशित मिति : फागुन ४, २०८० शुक्रबार २२:३५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया