logo-img

त्रिवि उपकुलपतिका लागि तीनजनाको नाम सिफारिस

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट समितिले सर्टलिष्टमा परेकाहरूमध्येबाट तीनजनाको नाम सिफारिस गरेको छ । शिक्षा मन्त्रालयमा आज दिनभर चलेको अन्तर्वार्तापछि समितिको बैठक बसेर तीनजनाको नाम सिफारिस गरिएको हो । 

जसअनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस भएको छ । 

सिफारिसमा परेका तीनजनाको नाम शिक्षामन्त्री अशोककुमार राईले कुलपति तथा प्रधानमन्त्रीलाई आजै बुझाउँदै छन् । कुलपति तथा प्रधानमन्त्रीले आजै त्रिविको २०औँ उपकुलपति नियुक्त गर्ने सम्भावना छ । 



त्रिवि उपकुलपतिका लागि ४३ जनाले उम्मेदवारी दिएकामा एकजनाको आवेदन अस्वीकृत भएको थियो । 

तीमध्ये सर्टलिष्टमा परेका १४ जनाको आज अन्तवार्ता लिइएको थियो । यसअघि उनीहरूले सोचपत्र तथा कार्ययोजनाको प्रस्तुतीकरण दिएका थिए । १४ जनामध्येबाट तीनजनाको नाम सिफारिस भएको हो ।





  • प्रकाशित मिति : फागुन ६, २०८० आइतबार २०:५४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया