नाभाल्नीकी श्रीमतीले अझै पाइनन् श्रीमानको शव

रुसका राष्ट्रपति भ्लादिमिर पुटीनका कट्टर विरोधी एलेक्स नाभाल्नीको शव दुई सातापछि मात्रै परिवारलाई जिम्मा लगाइने जनाइएको छ । जेलमा बन्द नाभाल्नीको गता साता मृत्यु भएपछि आमालाई जानकारी गराउँदै शव रासायनिक परीक्षणका लागि राखिएको बताइएको थियो ।

रुसको सबैभन्दा कठिन जेलमा मृत्यु भएका नाभाल्नीको शवको नजिक पुग्न पनि परिवारलाई दिइएको छैन । नाभाल्नीकी श्रीमतीले श्रीमानको शव लुकाएको बताएकी छन् । 

उनले आफ्ना पतिको हत्या पुटिनले गरेको र पुटिनविरुद्ध पतिले  छेडेको अभियानलाई आफूले निरन्तरता दिने पनि बताइन् । उता, क्रेमलिनले नाभाल्नीको मृत्युको बारेमा आफूहरूले अध्ययन गरिरहेको र अझैंसम्म कुनै नतिजा नआएको जवाफ दिएको छ । अनुसन्धानपछि मात्रै हस्तान्तरण गर्ने पनि बताएको छ ।

नाभाल्नीको मृत्युपछि पुटिनमाथि अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय फोरममा नाभाल्नीको मृत्युको जाँच हुनुपर्ने आवाज उठेको हो । 

यसैगरी अमेरिका र युरोपियन युनियनले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा पनि छलफल गरिरहेको बीबीसीले जनाएको छ । तर, रुसका प्रवक्ता दिमित्री पेस्कोभले नाभाल्नीको मृत्युका सम्बन्धमा पश्चिमीहरुको टिप्पणी ‘अंहकार’ र अस्वीकार्य भनेर टिप्पणी गरेका थिए ।



रुसले नाभाल्नीको ‘सडन डेथ सिन्ड्रोम’ ले निधन भएको बताएको छ । 



  • प्रकाशित मिति : फागुन ८, २०८० मंगलबार १०:१८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया