सन्दीपले गराए लाइपोमाको शल्यक्रिया

क्रिकेटर सन्दीप लामिछानेले लाइपोमाको शल्यक्रिया गराएका छन् । बलात्कार मुद्दामा दोषी ठहर भएका उनले मंगलबार सिल्भरलाइन अस्पतालमा लाइपोमाको शल्यक्रिया गराएका हुन् ।

यसअघि उनले गत वैशाखमा पहिलोपटक लाइपोमाको शल्यक्रिया गराएका थिए । उनले लाइपोमाको शल्यक्रिया गराएको यो दोस्रोपटक हो । 

बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीपलाई जिल्ला अदालत काठमाडौंले पुस २५ गते आठ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना तोकेको छ । 

गत वर्ष भदौको सन्दीपविरुद्ध काठमाडौंस्थित प्रहरी वृत्त गौशालामा बलात्कारको उजुरी परेको थियो । सोही उजुरीका आधारमा गत असोज २० गते पक्राउ परेका सन्दीप यसै वर्षको पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर भएका थिए । 





  • प्रकाशित मिति : फागुन ८, २०८० मंगलबार २३:१४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया