नामिबियाविरुद्ध नेपालको नवौँ विकेट पतन, भीम सार्की २६ रनमा आउट
फाइल तस्बिर

आइसिसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध नेपालले नवौँ विकेट गुमाएको छ । नेपालले नवौँ विकेटको रूपमा भीम सार्कीलाई गुमाएको हो । उनी ३५औँ ओभरको अन्तिम बलमा आउट भए । 

सार्कीलाई बर्नार्ड स्कोल्ट्जले २६ रनमा बोल्ड गरे । नेपाले आठौँ विकेटको रूपमा सोमपाल कामीलाई गुमायो । उनी ३३.५ ओभरमा ४ रनमै क्याच आउट भए । 

नेपालले यही ओभरको दोस्रो बलमा दीपेन्द्र सिंह ऐरीलाई ६ रनमा गुमायो । ऐरी र कामीलाई निकोल लोफ्टी-इटनले आउट गरे । नेपालले छैटौँ विकेटको रूपमा कप्तान अलराउन्डर कुशल मल्ललाई गुमायो । उनी २६.३ ओभरमा आउट भए । 

कुशलले आज ५२ बलमा तीन छक्का र एक चौकासहित ३६ रनको पारी खेले । उनलाई कप्तान गेर्हार्ड इरास्मसले क्रिज बाहिर पठाएका हुन् । नेपालले पाँचौं विकेटको रूपमा रोहितकुमार पौडेललाई गुमायो ।  

उनी २३.२ ओभरमा शून्यमै आउट भए । रोहितलाई पार्ट टाइम बलर जन निकोल लोफ्टी-इटनले पवेलिएन फर्काए ।  

नामिबियाविवरुद्ध अनिल साह र देव खनाल पनि शून्यमै आउट भए । देव आठौँ ओभरको अन्तिम बलमा तथा अनिल उनी ६.४ मा शून्यमै आउट भएका हुन् । देवलाई ज्याक ब्रासेलले विकेटकिपरबाट क्याच आउट गराए । अनिल बर्नार्ड स्कोल्ट्जको बलमा आउट भए । यही ओभरको दोस्रो बलमा कुशल भुर्तेल आउट भए । 



उनी ६.२ ओभरमा स्पिनर बर्नार्ड स्कोल्ट्जको बलमा एल्बीडब्लू आउट भएका हुन् । कुशलले आज १६ बलमा तीन चौकासहित १८ रन जोडे ।

आसिफको १२औँ अर्धशतक



ओपनिङ ब्याटर तथा विकेटकिपर आसिफ शेखले अर्धशतकीय पारी खेले । उनले ६४ बलमा आठ चौका र एक छक्कासहित ५८ रनको पारी खेलेका हुन् । आसिफको यो १२औँ आडिआई अर्धशतक हो । उनी ओडिआईमा १२ अर्धशतक बनाउने एक्ला नेपाली ब्याटर हुन् ।   
 
कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गरिरहेको छ । नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले नामिबियाविरुद्ध गुलशन झालाई विश्राम दिएर करण केसीलाई मौका दिएको हो । 

  • प्रकाशित मिति : फागुन ९, २०८० बुधबार ११:५५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया