के छ राप्रपाले प्रधानमन्त्रीलाई बुझाएको ४० बुँदे मागसहितको ज्ञापनपत्रमा ? (पूर्णपाठ)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको टोलीले सिंहदबार पुगेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

देशमा बेरोजगारी बढेका कारण धेरै नागरिक बिदेसिएको उल्लेख गर्दै पत्रमा भनिएको छ, ‘आज देशको भविष्यप्रति कुनै नागरिक विश्वस्त छैन । गत ६ महिनामा मात्र ३० लाख नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिए । जान सक्ने भए उनीहरू सबै विदेशिने थिए । विभिन्न कठिनाइ हुँदाहुँदै पनि औपचारिक र अनौपचारिक रूपमा महिनामा एक लाख नेपालीले देश छोड्ने गरेका छन् । अदक्ष र अर्धदक्षमात्र होइन, देशका दक्ष जनशक्ति बाहिरिने क्रम त्यत्तिकै तीव्र छ । व्यवसायीहरूमा बढेको निराशाका कारण पूँजी पलायन बढ्दो छ । देश भित्रभित्रै खोक्रो बनिसकेको छ ।’

सरकारले आफ्नो ज्ञापनपत्रको विषयलाई विश्वासिलो ढंगबाट सम्बोधन नगरे राप्रपा तत्काल सडक र सदन दुवै तहबाट देश र जनताको पक्षमा भद्र र शान्तिपूर्ण आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि राप्रपाले दिएको छ । 

यस्तो छ राप्रपाकाे ज्ञापनपत्र पूर्णपाठ





  • प्रकाशित मिति : फागुन ९, २०८० बुधबार १६:४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया