टर्कीमा असफल ‘कु’को आशंकामा ६७ जनालाई पक्राउ

टर्की प्रहरीले सन् २०१६ मा भएको ‘कु’ प्रयासको अभियोगमा त्यस सञ्जालसँग सम्बन्ध रहेको आरोपमा ६७ जना संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ ।

आन्तरिक मामिला मन्त्री अली येर्लिकायाले बुधबार बताएअनुसार प्रहरीले अंकारासहित टर्कीका विभिन्न १४ वटा प्रान्तहरूमा ‘क्लेम्प–७’को रूपमा चिनिने कारबाहीका क्रममा एकैसाथ छापा मारेर ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो ।

मन्त्रीको सामाजिक सञ्चाल एक्समा पोस्ट गरिएको भिडियो फुटेजले प्रहरीले अपार्टमेन्ट भवनहरूबाट संदिग्धहरूलाई पक्रेर सवारीसाधनमा राखेको देखाएको छ।

संदिग्धहरू गुलेन आन्दोलनको सैन्य संरचनासँग सम्बन्धित छन्  जसलाई टर्की सरकारले सन् २०१६ जुलाई १५ मा कम्तीमा २५० जनाको हत्या गर्ने प्रयास गरेको आरोप लगाएको थियो।

सन् २०२३ जुन १ देखि आन्दोलन विरुद्धको अभियानमा पक्राउ परेका संदिग्धको संख्या ६ हजार ४५ पुगेको मन्त्रीले बताएका छन् । 

गुलेन आन्दोलन मुस्लिम धर्मोपदेशक फेथुल्लाह गुलेनको नेतृत्वमा नामकरण गरिएको हो । उनलाई अनुयायीहरूले आध्यात्मिक नेता मान्छन्।



टर्की सरकारले सन् २०१६ मा भएको ‘कु’ प्रयासपछि आन्दोलनसँग जोडिएका संदिग्धहरूमाथि व्यापक कारबाही सुरु गरेको छ।



  • प्रकाशित मिति : फागुन ९, २०८० बुधबार २१:३४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया