कोशी सरकार र पहिचान पक्षधरबीच तीनबुँदे सहमति (पत्रसहित)

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीचको दोस्रो चरणको वार्तामा आंशिक सहमति जुटेको छ । विराटनगरमा बुधबार भएको वार्तापछि तीनबुँदे सहमति भएको छ । 

सहमतिअनुसार प्रदेशको पुनः नामांकनको प्रक्रियालाई अगाडि बढाउन सरकार र आन्दोलनरत पक्ष दुवैले ठोस कसरत गरेर निष्कर्षको चरणमा पुग्ने र पुनः वार्तामा बस्नेसहमति भएको छ ।

पहिचानको आन्दोलनका क्रममा घाइते भएकाहरूको तथ्यांक फागुन मसान्तसम्ममा संकलन गरिने भएको छ । जसका लागि सरकार र आन्दोलनरत पक्षबाट २–२ जना प्रतिनिधिसहित कार्यदल बनाइनेछ । 

कार्यदललाई उपचार खर्चको विवरणसमेत संकलन गरी आगामी वार्तामा पेस गर्ने कार्यभार दिइनेछ । वार्ता टोलीका सदस्यसचिव आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलका अनुसार समिति आपसी छलफलबाट बनाइनेछ ।  यसअघिको वार्तामा दुईपक्षबीच ५ बुँदे सहमति भएको थियो । बुधबार त्यो सहमतिलाई कार्यान्वयन गर्ने पनि सहमति भएको छ ।

यसअघि आन्दोलनकारीलाई लागेका सबै मुद्दा फिर्ता गर्ने सहमति भएको छ । यसैगरी कोशी नामकरणका दिन आगामी फागुन १७ मा पहिचान पक्षधरले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउनेछन् ।





  • प्रकाशित मिति : फागुन ९, २०८० बुधबार २२:४३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया