logo-img

हावाहुरीपीडितलाई केन्द्र सरकारको राहत : ४६८ थान त्रिपाल, ४१६८ थान कपडा

काठमाडौं– केन्द्र सरकारले हावाहुरी प्रभावित क्षेत्रमा राहतका लागि ४६८ वटा त्रिपाल पठाएको छ । 

५ सय घर परिवार प्रभावित भएको जानकारीका आधारमा त्यति त्रिपाल पठाइएको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ । बारामा १५० वटा त्रिपाल मौज्दात रहेकाले केन्द्र सरकारले ४ सय ६८ वटा मात्रै त्रिपाल पठाएको हो ।

महाशाखाका अनुसार, अब केन्द्र सरकारसँग २ हजार वटा त्रिपाल बाँकी छ ।



त्रिपालसँगै ४ हजार १६८ थान कपडा पनि पठाइएको महाशाखाले बताएको छ । खाद्यान्न भने केन्द्र सरकारले खर्च व्यहोर्ने गरी हाललाई स्थानीय तहले नै व्यवस्थापन गर्नेछ । 





  • प्रकाशित मिति : चैत १८, २०७५ साेमबार १८:२९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया