इजरायली प्रधानमन्त्रीको युद्धपछिको गाजा योजना प्यालेस्टाइनले गर्‍यो अस्वीकार

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको युद्धपछिको गाजा पट्टीका लागि विकास गर्न लागिएको योजना प्यालेस्टाइनले अस्वीकार गरेको छ । 

‘यो योजना गाजा पट्टीको पुनः कब्जाको आधिकारिक मान्यता हो र इजरायलले हाम्रा जनताविरुद्धको युद्धलाई लम्ब्याउनका लागि यसमा नियन्त्रण लगाएको छ र विस्थापन योजना कार्यान्वयन गर्न थप समय प्राप्त गर्ने प्रयास गरेको छ,’ विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको छ ।  

साथै यो योजना ‘युद्धविराम सम्झौताहरू र बन्दीहरू र बन्धकहरूको रिहाइलाई द्वन्द्व समाधान गर्न र प्यालेस्टाइन राज्यलाई साकार पार्ने अन्तर्राष्ट्रिय प्रयासहरूको विरोध गर्न र विफल पार्ने रचिएको एउटा निर्लज्ज चाल हो,’ विज्ञप्तिमा थप भनिएको छ ।

नेतान्याहुले बिहीबार राति आफ्नो सुरक्षा मन्त्रिपरिषद्मा यो योजना प्रस्तुत गरेका गरेका थिए, जसले द्वन्द्वपछि गाजा पट्टीको व्यवस्थापनसम्बन्धी धारणा उल्लेख गरेको थियो ।

योजनाले गाजामा इजरायलको सुरक्षा नियन्त्रणलाई कडा बनाउन आग्रह गरेको छ ।  





  • प्रकाशित मिति : फागुन ११, २०८० शुक्रबार २२:४३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया