नेदरल्याण्ड्सविरुद्ध नेपाल ब्याटिङमा, प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन
तस्बिर : क्यान

आइसिसी क्रिकेट विश्वकप लिग–२ जारी सिरिजको अन्तिम खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । नेपाल र नेदरल्याण्ड्सबीचको खेल ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु भएको छ । 

नेपालले आज प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले आज सोमपाल कामी र देव खनाललाई विश्राम दिएर आरिफ शेख र गुलशन झालाई मौका दिएको छ । 

नेपाल आज जित निकाल्दै लिग–२ को पहिलो श्रृंखलाको सुखद अन्त्य गर्न चाहन्छ । यस सिरिजमा नेपाल र नेदरल्याण्ड्सले समान तीन म्याच खेल्दा दुईमा हार र एक/एक खेलमा जित निकालेका छन् । नेपालले पहिलो खेलमा नामिबियासँग ४ विकेटको हार बेहोर्दा दोस्रो म्याचमा नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो ।   

तेस्रो खेलमा भने नेपालले नामिबियासँग २ विकेटको पराजय बेहोर्‍यो । यस्तै, पहिलो खेलमा नेपालसँग हारेको नेदरल्याण्ड्सले दोस्रो खेलमा नामिबियाविरुद्ध ७ विकेटको जित निकाल्यो । तर, उसले तेस्रो खेलमा नामिबियासँग २४ रनको पराजय बेहोरेको थियो ।   



हालसम्म नेपाल र नेदरल्याण्ड्सले एकदिवसीय अन्तर्राष्ट्रियमा चार खेलमा एकअर्काको सामना गरेका छन् । जसमा दुवै टिमले दुई/दुई खेल जितेको विगत छ ।  

नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), अनिल साह, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, आरिफ शेख, करण केसी र ललितनारायण राजवंशी ।



  • प्रकाशित मिति : फागुन १३, २०८० आइतबार ८:५९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया