माओवादीको स्थायी समिति बैठक बस्दै, यस्तो छ कार्यसूची
फाइल तस्बिर

सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको बैठकमा सांगठनिक अभियान र कार्यविभाजनलगायत विषयमा छलफल हुने जनाइएको छ । 

यसअघि शुक्रबार बस्ने भनिएको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित भएको थियो । बिहीबार बसेको बैठकमा १० प्रदेशका इन्चार्जले रूपान्तरण अभियानको समीक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए ।

बैठकमा काम गर्ने–नगर्ने नेताहरूको मूल्यांकन गरी पुरस्कार र सजाय घोषणा गर्ने कार्यसूची रहेको प्रवक्तासमेत रहेका पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।   
 





  • प्रकाशित मिति : फागुन १३, २०८० आइतबार ९:१०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया