एम्बुलेन्समा गाँजा ओसारपसार : एकजना पक्राउ

एम्बुलेन्स दुरुपयोग गरी लागुऔषध गाँजा ओसारपसार गर्ने  एक जनालाई प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट पक्राउ गरेको छ ।

त्यसरी गाँजा ओसार्ने विराटनगर महानगरपलिका–८ का ४८ वर्षीय जयदेव चेललाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट ५२ केजी गाँजा पनि बरामद गरेको छ । एम्बुलेन्समा गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । 

धनकुटाबाट धरान आइरहेको मे १ च २०३२ नम्बरको एम्बुलेन्सलाई रोकेर जाँच गर्दा लुकाएको अवस्थामा ५२ केजी गाजा बरामद भएको थियो ।

केही दिनअघि पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरमा लुकाएर ठूलो परिणाममा गाँजा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको थियो ।

 
 





  • प्रकाशित मिति : फागुन १३, २०८० आइतबार १२:५४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया