logo-img

श्रीलंकाको हम्बनटोटा बन्दरगाहलाई म्यानमासँग जोडिने

श्रीलंकाको दक्षिणमा रहेको हम्बनटोटा बन्दरगाहलाई म्यान्मासँग जोडिने भएको छ । बन्दरगाहलाई विस्तार गर्ने र म्यान्मासँग जोड्ने योजनाबारे राष्ट्रपति रनिल विक्रमासिङ्घेले छलफलका क्रममा अधिकारीहरूसँग राख्नुभएको राष्ट्रपतिको सञ्चार विभागले जनाएको हो ।

राष्ट्रपति विक्रमासिङ्घेले विशेष गरी पूर्वी प्रान्त, कोलम्बो सिटी, पश्चिमी क्षेत्र र ग्रेटर हम्बनटोटामा रणनीतिक पर्यटन क्षेत्रहरूको लागि गुरू योजनामा ध्यान केन्द्रित गर्दै आर्थिक विकास र पूर्वाधार लगानीका लागि आफ्नो भावी योजना सार्वजनिक गरेका हुन् । 

उनले हम्बनटोटाको आर्थिक सम्भाव्यतामा जोड दिँदै यसलाई पूर्वाधार विकास र कनेक्टिभिटीको लागि एक महत्वपूर्ण हबको रूपमा उल्लेख गर्दै यसले म्यानमा र श्रीलंकाको आर्थिक विकासमा टेवा पुग्ने बताए ।  





  • प्रकाशित मिति : फागुन १३, २०८० आइतबार १७:७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया