logo-img

अफगानिस्तानमा कृषि विकासका लागि ३० करोड अमेरिकी डलर विनियोजन

युद्धग्रस्त अफगानिस्तानमा कृषि क्षेत्रको विकास गर्न कुल २.२ अर्ब अफगानी (करिब ३० करोड अमेरिकी डलर) विनियोजन गरिएको छ ।  कृषि, सिँचाइ र पशुधन मन्त्रालयले आइतबार यसबारे जनाएको छ ।

कृषि, सिँचाइ तथा पशुपक्षी कार्यवाहक मन्त्री मौलवी अत्तउल्लाह ओमारीको अध्यक्षतामा बसेको बैठकले गरिब मुलुकमा कृषिको विकास गर्ने प्रयासस्वरुप उक्त निर्णय गरेको  बताइएको छ ।

देशमा कृषि उत्पादनको प्रवर्द्धनका लागि किसान, पशुपालन र कृषि व्यवसायलाई सहयोग गर्ने सरकारी स्वामित्वको वित्तीय संस्था कृषि विकास कोष (एडिएफ) को नवौँ अधिवेशनले यस्तो निर्णय गरेको हो । 



सहायता एजेन्सीहरूका अनुसार अफगानिस्तानमा करिब १ करोड ६० लाख मानिस खाद्य असुरक्षाको सामना गरिरहेका छन् । 

अफगानिस्तानलाई वार्षिक ६.५ मिलियन टन गहुँ आवश्यक पर्ने र यस वर्ष अहिलेसम्म ५० लाख टन गहुँको उत्पादन भएको बताइएको छ । 





  • प्रकाशित मिति : फागुन १४, २०८० साेमबार ६:३५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया