झापामा सात महिनामा २८३ सवारी दुर्घटना : ४९ जनाको मृत्यु
फाइल तस्बिर

झापामा सवारी दुर्घटनामा परी पछिल्लो सात महिनामा ४९ जनाको मृत्यु भएको छ । चालू आवको माघसम्म भएका २ सय ८३ वटा सवारी दुर्घटनामा परी ४६ जना र फागुन १४ गतेसम्म थप तीन गरी ४९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । 

ती दुर्घटनामा परी ४२ जना पुरुष, छ महिला र एक बालिकाको मृत्यु भएको छ । साउनमा पाँच, भदौमा सात, असोजमा तीन, कात्तिकमा १३, मङ्सिरमा चार, पुसमा १० र माघमा चार जनाको मृत्यु भएको ट्राफिक कार्यालयले जनाएको छ । ती दुर्घटनामा चार सय १४ वटा सवारी संलग्न छन् ।

जसमध्ये अधिकांश मोटरसाइकल २ सय ६० वटा छन् । ती दुर्घटनामा परी ८२ जना शक्त घाइते भएका थिए भने तीन सय ५० जना सामान्य घाइते भए । सोही अवधिमा कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने २९ हजार आठ सय ७१ सवारी साधनबाट २ करोड चार लाख ५५ हजार ६ सय ५१ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले नियम उल्लङ्घन गर्ने ट्रक ५ हजार ९ सय २६, टिपर ६ सय ६६, बस एक हजार पाँच सय ४०, कार/जीप ९ हजार सात सय २७, ट्रयाक्टर एक हजार तीन सय एक, मोटरसाइकल ८ हजार ५ सय २२, टेम्पो-अटो-सिटी सफारी दुई हजार एक ५० र अन्य ३९ वटालाई कारबाही गरी उक्त राजस्व असुल गरेको हो ।

सोही अवधिमा कार्यालयले ट्राफिक सचेतना अभिवृद्धिका लागि दुई हजार एक सय ५८ पटक विविध कार्यक्रम गरी ८१ हजार ९ सय ४४ जनालाई सचेत गराएको जनाइएको छ ।  





  • प्रकाशित मिति : फागुन १५, २०८० मंगलबार ११:४३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया