‘विश्वविद्यालयहरू नोकरशाहीको कब्जामा गए, तत्काल परिवर्तन गर्न सकिँदैन’

काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसन (केयुएसओडी)का डिन प्राध्यापक डा. बालचन्द्र लुइँटेलले विश्वविद्यालयहरु नोकरशाहीको कब्जामा रहेको बताएका छन् । 

मंगलबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै डा. लुइँटेलले नेपालका विश्वविद्यालयहरु नोकरशाहीको कब्जामा रहेको भन्दै यसलाई तत्काल परिवर्तन गर्न नसकिने बताएका हुन् । 

विश्वविद्यालयमा रहेको ब्युरोक्रेसी अन्त्य गर्न कानुन नै बाधा रहेको उनको भनाइ छ । उनले भने, ‘मैले विद्यार्थीहरु बाहिर जानै हुँदैन भन्ने पक्षमा पनि होइन, बाहिरका केही विद्यार्थी नेपाल आउने नेपालका बाहिर जाने त्यस्तो व्यवस्था भने हुनुपर्छ । यो अहिलेको विश्वविद्यालयहरूको जुन नोकरशाही ‘ब्युरोकेसी’ छ त्यो कसैले परिवर्तन गर्न तत्काल सक्छ जस्तो मलाई लाग्दैन । यसका लागि पनि त कानुन चाहिन्छ ।’

लुइँटेलले नेपालमा विश्वविद्यालय खोल्नासाथ परिवर्तन नहुने भन्दै त्यसको लागि सबैको प्रयास र मिहिनेत आवश्यक भएको उल्लेख गरे ।  

उनले भने, ‘नेपाल विश्वविद्यालय खोल्नासाथ जादु हुन्छ जस्तो लाग्दैन । केयू दुई चार वर्षमा नै जादु भएको होइन । लामो समयको प्रयास रहेको छ । हामीले समुदायसँग कुरा गरेर समुदायको के आवश्यकता हो त्यो बुझेर मात्रै अगाडि बढ्नुपर्छ । विश्वविद्यालय खोलेर हाम्रो प्रतिस्पर्धी हुने हो, विद्यार्थीहरुलाई काम गर्दै पढ्ने वातावरण बनाउनुपर्छ ।’

समितिमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल भएको थियो । 



छलफलमा सांसदहरुले विश्वविद्यालयहरुमा राजनीतिक चलखेल भइरहेकाले विद्यार्थी पलायन भइरहेको भन्दै डिनको ध्यानाकर्षण गराएका थिए ।



  • प्रकाशित मिति : फागुन १५, २०८० मंगलबार २३:१५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया