पाकिस्तान सुपर लिग : अफ्रिदी नेतृत्वको लाहोरको लगातार छैटौँ हार

पाकिस्तान सुपर लिग (पिएसएल) मा स्टार बलर शाहीन साह अफ्रिदी नेतृत्वको लाहोर कलन्दर्सले लगातार छैटौँ हार बेहोरेको छ । छैटौँ हार बेहोर्नेक्रममा लाहोर गएराति सम्पन्न खेलमा मुल्तान सुल्तानसँग ६० रनले पराजित भयो ।  

आफ्नो छैटौँ खेलमा मुल्ताले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको लाहोर १७ ओभरमा १ सय ५४ रनमै अलआउट भयो । उसका लागि ओपनर साहिबजादा फरहानले २१ बलमा सर्वाधिक ३१ रन बनाए । यस्तै, रस्सीभान डर दुसेनले २२ बलमा ३० रन जोडे ।

फकर जमानले २३ तथा सिकन्दर रजाले १७ रन बनाउँदा कार्लोस व्रेथह्वाइटले १४ रनको नटआउट पारी खेले । मुल्तानका लागि उस्मा मीरले ४ ओभरमा ४० रन दिएर ६ विकेट लिए । यस्तै, फैजल अक्रमले २ विकेट हात पारे । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मुल्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१४ रन बनाएको थियो । सुरुआत खराब रहे पनि उस्मान खान र रीजा हेनरिकले पारी सम्हालेका थिए । यी दुई ब्याटरले ४६ बलमा ७० रनको साझेदारी गरे । हेनरिक २७ बलमा ४० रन बनाएर आउट भए । 

उस्मान खान र तयब ताहिरले ४० बलमा ७७ रनको साझेदारी गर्दै विशाल योगफलतर्फ मुल्तानलाई अग्रसर गराए । टिमको स्कोर १५१ रन हुँदा तयब ताहिर १४ बलमा २१ रन बनाएर आउट भएका थिए । रेजा र इफ्तिकर अहमदले २८ बलमा ६० रनको उत्कृष्ट साझेदारी गरेपछि मुल्तान २०० प्लस भएको थियो । उस्मान ५५ बलमा ९६ रन बनाएर आउट भए । 

उनले दुई छक्का र ११ चौका प्रहार गरेका थिए । यसैगरी इफ्तिखार अहमदले १८ बलमा ४० रनको पारि खेल्दा तीन छक्का र दुई चौका हिर्काए । खुसदील साह भने तीनरनमा नटआउट रहे । लाहोरका लागि कप्तान साहीन साह अफ्रिदीले सर्वाधिक दुई विकेट लिए ।
 
जितसँगै मुल्तान १० अंकका साथ पिएसएलको शीर्ष स्थानमा छ । अंक विहीन लाहोरले पुछारमा छ । पिएसएलमा बुधबार कराची किंग्स र इस्लामावाद युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।  





  • प्रकाशित मिति : फागुन १६, २०८० बुधबार ८:२६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया