राष्ट्रियसभा सदस्य पन्थको सुझाव- संसद र संसदीय समितिलाई पेपरलेस बनाऔँ
फाइल तस्बिर

राष्ट्रियसभा सदस्य प्रकाश पन्थले संसद र संसदीय समिति पेपरलेसमा जानुपर्ने बताएका छन् । बिहीबारको राष्ट्रिय सभाको बैठकमा उनले पेपरलेसमा जानुपर्ने आवश्यकता भइसकेको बताएका हुन् ।

उनले सांसदको भूमिका संसदप्रति जिम्मेवार र जवाफदेही हुनुपर्ने बताए । पन्थले कागजका पाना बोकेर हामी हिँड्नु उचित नहुने बताए । उनले संसद र समितिले सूचना प्रविधिको प्रयोगलाई बढीभन्दा बढी प्रयोग गर्न आवश्यक रहेको बताए । 

‘सूचना प्रविधिको प्रयोगलाई बढीभन्दा बढी प्रयोग गर्न आवश्यक छ । सचिवालयलाई पेपरलेस नै बनाउनतिर जानुपर्छ भन्ने सुझाव दिन्छु । दुई कोठा कागजपत्र भइसक्यो कहाँ लैजाने भन्ने चिन्ता छ । पेपरलेसमा हामी अब जानुपर्छ,’ पन्थले भने ।  

उनले अबको संसद र संसदीय समिति पेपरलेस हुनुपर्ने बताए । 





  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार १४:१५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया