प्रतिनिधिसभा बैठकमा एमालेले खोज्यो प्रधानमन्त्री र मन्त्री

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको खोजी गरेको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानमन्त्री दाहाल अनुपस्थित भएको भन्दै खोजी गरेको हो । 

बैठकमा एमाले सांसद सूर्यबहादुर थापाले प्रधानमन्त्री र मन्त्रीहरूलाई खोजी गर्नुपर्ने बताए । उनले सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्ने भए पनि सरकार जवाफदेही नभएको बताए । उनले बालकुमारी घटनामा दोषी करार भएका मन्त्रीलाई राजीनामा गर्न अथवा बर्खास्त गर्न प्रधानमन्त्रीलाई के ले रोकेको छ भन्दै प्रश्नसमेत गरे । 

सांसद थापाले सरकारमाथि उठेका विभिन्न प्रश्नहरूको सन्दर्भमा सरकार जवाफदेही हुनुपर्ने भए  । उनले काठमाडौंस्थित सुन्धारामा स्वरोजगार मजदुरलाई आक्रमण गरिएको भन्दै खेद पनि प्रकट गरे । उनले घाइतेको उपचारको माग पनि गरे । 





  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार १२:२४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया