दीपक गिरीको कटाक्ष - सेन्सलेस सेन्सर बोर्ड

फिल्म निर्मातासमेत रहेका अभिनेता दीपकराज गिरी सामाजिक सञ्जालमा सक्रिय रहिरहने फिल्मकर्मीमा पर्छन् । उनी समसामयिक विषयमा आफ्ना धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गरिरहन्छन् ।

यतिबेला फिल्म ‘रंगेली’ चर्चामा छ । यो फिल्म यही फागुन २५ गतेबाट रिलिज हुँदै छ । केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड)ले फिल्मको नाममा आपत्ति जनाउँदै सेन्सर प्रमाणपत्र दिन अस्वीकार गरेपछि सामाजिक सञ्जालमा उक्त निर्णयको विरोध सुरु भएको छ ।

यही विषयमा दीपकराजले फेसबुकमार्फत सेन्सर बोर्डप्रति कटाक्ष गरेका छन् । उनी लेख्छन्, ‘कश्मीर फाइल्स ! उडता पन्जाव !! दिल्ली बिल्ली !!! खै भारतमा त ठाउँको नाममा टन्नै फिल्म बन्छ त । यो ‘रंगेली’ चाहिँ किन सेन्सरमा परेछ ‘सेन्सलेस सेन्सर बोर्ड !!’

सेन्सर बोर्डले ‘रंगेली’ रंगेली नगरपालिकामा खिचिएकाले स्थानीय सरकारको सहमति छ या छैन भनेर आफूहरूले बुझ्न खोजेको जनाएको छ । छायांकन भएको थलोको सहमति पत्र ल्याएपछि मात्र सेन्सर सर्टिफिकेट दिने बोर्डले जनाएको छ । 





  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार १७:२७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया