logo-img

पूर्वसभामुख अग्नि सापकोटाको टिप्पणी- विचारको रिक्तताले संसद्को स्तर खस्कियो

पूर्वसभामुख अग्निप्रसाद सापकोटाले सबभन्दा राम्रो देखिनुपर्ने संसद्को स्तर दिन प्रति दिन खस्किँदै गएको भनेर आलोचना गरेका छन् । ‘विचारको शून्यताका कारण संसद्मा अराजकता बढेकाले दिन प्रति दिन संसद् खस्किँदै गएको छ,’ पूर्व सभामुख सापकोटाको टिप्पणी थियो ।

शनिबार माओवादीको मुख्यालयमा रिटर्नी सेन्टर नेपालको प्रथम बागमती प्रदेश सम्मेलनमा बोल्दै उनले भने, ‘अहिले देशमा विकृति विसङ्गति र अराजकता बढेको छ, देशको संसद्मा समेत अराजकता देखिन्छ । यसको पछाडिको मुख्य कारण विचारको विकास नहुनु,विचारको रिक्तता, विचारको शून्यता नै हो जसले लोकतन्त्र कमजोर भइरहेको छ । लोकतन्त्र त सबभन्दा बलियो हुनुपर्ने संसद्मा पनि अराजकता छ नि तपाईँहरूले पनि देख्नुभएको होला सबभन्दा राम्रो देखिनुपर्ने संसद् सबभन्दा नराम्रो देखिन्छ । त्यहाँको स्तर दिन प्रति दिन खस्किरहेको छ ।’

प्रवक्ता सापकोटाले अहिले देशको परिवर्तनको नेतृत्व गर्ने पार्टी माओवादीको विरुद्धमा विभिन्न खालका भयानक जालझेलहरू भइरहेको बताए । फेरि एक पटक भयानक आँधी तुफान र भारी वर्षाका बिचमा पनि शक्तिशाली भएर उभिन उनले सबैलाई अपिल गरे ।  



सापकोटाले भने, ‘अहिले भएको यो परिवर्तनका विरुद्धमा परिवर्तनको नेतृत्व गर्ने पार्टी र त्यसको नेतृत्वको विरुद्धमा भयानक ठूला षड्यन्त्रहरू हुँदै छन् । त्यसैले अपिल गर्छु फेरि हामी एक पटक त्यो भयानक आँधी तुफान र भारी वर्षाका बिचमा पनि शक्तिशाली भएर उभिने खालको मान्छे बन्नुपर्छ ।’ 

आफूलाई चिन्ने कुरा सबैभन्दा कठिन रहेको भन्दै अरू रूपान्तरण भए कि भएनन् भन्दा पनि म रूपान्तरण भएँ कि भइनँ भन्ने कुरा सोच्ने र आत्म सुधारमा लाग्नुपर्ने उनको सुझाव छ । 





  • प्रकाशित मिति : फागुन १९, २०८० शनिबार १६:७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया