मनीषा भन्छिन् : भन्सालीसँग काम गर्न पाउनु सौभाग्य

अभिनेत्री मनीषा कोइराला बलिउड निर्देशक सञ्जयलीला भन्सालीको ‘हीरामण्डी’मा देखिँदै छिन् । यो वेब सिरिजमार्फत भन्सालीले ओटिटीमा डेब्यु गर्दै छन् । सिरिजमा सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्डा, सञ्जिदा शेखलगायतको अभिनय छ ।

हालै मात्र मनीषाले निर्देशक भन्सालीसँग काम गर्दाको अनुभव साझा गरिन् । यो वेब सिरिजमार्फत मनीषा २८ वर्षपछि भन्सालीसँग सहकार्य गर्दै छिन् ।

मनीषाले पहिलोपटक सञ्जयको फिल्म ‘खामोशी–द म्युजिकल’मा काम गरेकी थिइन् । सन् १९९६ मा रिलिज यो फिल्म भन्सालीको पहिलो फिल्म थियो । फिल्ममा सलमान खानको पनि अभिनय थियो ।

हालैमात्र मनीषाले ‘खामोशी’को समय र ‘हीरामण्डी’मा भन्सालीका साथ काम गर्दाको अनुभव साझा गरिन् । ‘हामी सबै आफ्नो उत्कृष्ट काम दिने प्रयास गरेका छौँ । किनकि हामी सबै एक मास्टरका साथ काम गरिरहेका छौँ । ‘खामोशी’सँगै एक लामो वर्षपछि काम गर्नु योभन्दा राम्रो हुन सक्दैन थियो । मैले उहाँलाई कलाकारका रुपमा विकसित हुँदै गरेको देखेकी छु ।  उनी देशका उत्कृष्ट कलाकार हुन् । महान् फिल्म निर्माता हुन् । उनीसँग काम गर्नु हाम्रा लागि सौभाग्य हो,’उनले भनेकी छन् ।

‘हीरामण्डीः द डायमण्ड बाजार’ यो वर्षको अन्त्यमा नेटफ्लिक्समा रिलिज हुँदै छ । केही दिनअघि नेटफ्लिक्सले आफ्नो इभेन्ट ‘नेक्स्ट अन नेटफ्लिक्स इण्डिया’ मा यो सिरिजका कलाकारको पोस्टर जारी गरेको थियो ।

भन्साली बलिउडमा खर्चाली निर्देशकका रुपमा चिनिन्छन् । उनी फिल्ममा सेट प्रयोग गर्नमा सौखिन छन् । उनको डेब्यु सिरिजमा यो कुरालाई देख्न सकिन्छ । ‘हीरामण्डी’का लागि भन्सालीले निकै भव्य सेट तयार पारेका छन् ।





  • प्रकाशित मिति : फागुन १९, २०८० शनिबार १९:२२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया