हङकङ र पिएनजीसँग टी-२० खेल्न नेपालको टिम घोषणा, आकाशलाई पहिलोपटक मौका

हङकङमा आयोजना हुने टी–२० सिरिजको लागि नेपालको टिम घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार बिहान रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

टिममा विनोद भण्डारी, आकाश चन्द र लोकेश बमले पनि मौका पाएका छन् । जसमध्ये आकाश पहिलोपटक टी–२० टिममा समावेश भएका हुन् ।

आकाश चन्द, फाइल तस्बिर

नेदरल्याण्ड्स र नामिबियाविरुद्धको टी–२० आई सिरिज खेलिरहेका ओपनर आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र अनिलकुमार शाहलाई भने क्यानले विश्राम दिएको छ ।  

क्यानका अनुसार नेपालले हङकङ चाइनामा पपुवा न्यूगिनी (पिएनजी) सहित त्रिदेशीय टी–२० शृंखला खेल्नेछ । नेपालले सिरिजअघि हङकङसँग एक खेलको फ्रेण्डसिप कप खेल्नेछ । उक्त खेल ९ मार्चमा हुनेछ ।

त्यसपछि सिरिजअन्तर्गत नेपालले १० मार्चमा हङकङ तथा १२ मार्चमा  पिएनजीसँग खेल्ने तालिका छ । तालिकाको शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । पराजित टिमले हङकङ ‘ए’ सँग खेल्नेछ ।  



हङकङ र पिएनजीसँग खेल्ने नेपालको टिम :



  • प्रकाशित मिति : फागुन २०, २०८० आइतबार ८:५६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया