चितवनबाट हराएका बालक हेटौंडामा भेटिए

विद्यालयबाट घर फर्किनेक्रममा बेपत्ता भएका १३ वर्षीय बालक निकेश बराल मकवानपुरको हेटौंडामा फेला परेका छन् ।

चितवनको भरतपुर महानगरपालिका–१० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत निकेश बराल दिउँसो साढे १ बजे विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएका थिए । 

जिल्ला प्रहरी कार्यालय चितवनले निकेशलाई हेटौंडामा फेला पारिएको जानकारी दिएको छ । प्रहरीले उनी किन र कसरी त्यहाँ पुगे भन्नेबारेमा  भने खुलाएको छैन । 

निकेशलाई अहिले हेटौंडाकै सामुदायिक प्रहरीमा राखिएको छ । उनका आफन्त त्यहीँ पुगेको प्रहरीले जनाएको छ । 

पोखरा महानगरपालिका–१३ घर भएका निकेश गत वर्षदेखि चितवनको गीतानगरस्थित आफन्तको घरमा बसेर पढ्दै आएका थिए ।  





  • प्रकाशित मिति : फागुन २०, २०८० आइतबार ९:१८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया