प्रतिश जिसी भन्छन्- ‘खराब प्रदर्शनमा पनि प्रशिक्षक मोन्टीबाट साथ मिल्यो’
तस्बिर : क्यान

नेदरल्याण्ड्ससँगको जितपछि नेपालका प्रतिश जिसीले आफ्नो खराब प्रदर्शनको अवस्थामा पनि प्रशिक्षक मोन्टी देसाई र टिमले आफूलाई विश्वास गरेको प्रतिक्रिया दिएका छन् । 

शनिबार प्रतिशले नेदरल्याण्ड्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा एक मेडनसहित तीन विकेट लिँदा १३ रन मात्र खर्चिए । उनको यो प्रदर्शन ‘प्लेयर अफ द म्याच’ लागि योग्य बन्यो । त्यो खेलपछिको पत्रकार सम्मेलनमा प्रतिशले गत बुधबार नेपाल नेदरल्याण्ड्ससँग दुई रनले पराजित हुँदाको क्षण स्मरण गरे । 

अन्तिम दुई बलमा तीन रन आवश्यक हुँदा प्रतिशले एक रन मात्र बनाउन सकेपछि नेपालले साँघुरो हार सामना गर्नु परेको थियो । आफूमा ब्याटिङ गर्ने क्षमता हुँदा पनि असफल भएको उल्लेख गर्दै प्रतिशले त्यस्तो अवस्थामा प्रशिक्षक मोन्टीबाट साथ मिलेको बताउनु भयो ।

खराब प्रदर्शनको अवस्थामा टिमले आफूलाई बेन्चमा नै सीमित गरेको भए आफ्नो मनोबल पनि खस्कँदै जाने अवस्था हुने उनको भनाइ छ । शनिबार आफ्नो योजनाअनुरूप बलिङ गर्नसक्दा सफलता मिलेको प्रतिशको धारणा छ । उनीसँगै नेपाली बलरको उत्कृष्ट प्रदर्शनमा घरेलु टोलीले नेदरल्यान्ड्समाथि ६ विकेटको जित निकाल्यो । 

नेपालका अलराउण्डर गुल्सन झाले खेलाडीको करियरमा कहिलेकाहीँ प्रदर्शन तलमाथि हुने उल्लेख गर्दै त्यस्तो अवस्थामा आफ्ना सिनियरबाट हौसला मिल्ने गरेको बताए ।  





  • प्रकाशित मिति : फागुन २०, २०८० आइतबार ९:४५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया