मेस्सी र सुआरेजको गोलमा मियामीको फराकिलो जित

इन्टर मियामीले एमएलएसमा ओर्लान्डो सिटीविरुद्ध शानदार जित निकालेको छ । शनिबार बिहान सम्पन्न खेलमा खेलमा मियामीले ओर्लान्डो सिटीविरुद्ध ५–० को जित निकालेको हो ।  

मियामीको जितमा लियोनल मेस्सी र लुईस सुआरेजले दुई/दुई तथा रव टेलरले एक गोल गरे । खेलमा सुआरेजले खेलको चौथो मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए ।

११ औँ मिनेटमा उनले अग्रता दोब्बर बनाए । २९ औँ मिनेटमा रव टेलरको गोलबाट मियामी ३–० ले अघि बढ्यो । दोस्रो हाफमा मेस्सीले दुई गोल थप्दै टोलीलाई ५–० को फराकिलो जित दिलाए ।

मियामी अहिले वेस्टर्न कन्फरेन्समा शीर्ष स्थानमा रहेको छ ।   





  • प्रकाशित मिति : फागुन २०, २०८० आइतबार ११:४०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया