शालिनको पोस्टमार्टम रिपोर्ट : झुण्डिएर मृत्यु भएको पुष्टि, बलात्कार देखिएन

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी बालिकाको पोष्टमर्टम रिपोर्ट आएको छ।

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले आइतबार चितवन प्रहरीलाई मृत फेला परेकी शालिन पोखरेलको शव परीक्षण रिपोर्ट पठाएका हुन् । 

शालिनलाई बलात्कार गरेको शव परीक्षणबाट देखिएको छैन । स्रोतका अनुसार पोष्टमर्टम रिपोर्टअनुसार उनको झुण्डिएर मृत्यु भएको देखिएको छ ।

मृत्यु भएपछि मृतकका आफन्तले उनको हत्या र बलात्कार भएको भन्दै आएका थिए ।  





  • प्रकाशित मिति : फागुन २०, २०८० आइतबार १४:५०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया