सरकारको अनुगमनका लागि समितिमा स्पष्ट मापदण्ड आवश्यक : दिलकुमारी रावल

राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावलले आफ्नो ६ वर्षे कार्यकालमा राष्ट्रिय सभाको  नियमावली बनाएको भन्दै आउँदा दिनहरूमा कानुन बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने बताएकी छन् । 

आइतबार राष्ट्रिय सभाबाट बिदा हुँदै गर्दा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले राष्ट्रिय सभाको नियमावलीले प्रतिनिधि सभा नभएको अवस्थामा नीति कार्यक्रम देखि वार्षिक बजेट राष्ट्रिय सभामा पेस गर्न सकिने बताइन् । 

उनले भनिन्, ‘नेपालका महत्त्वपूर्ण सार्वजनिक नीतिहरू संसद् र समितिमा छलफल हुने गरी नियमावली  बनाएको छौँ । नीतिका कारण आउँदा दिनहरूमा कानुन बनाउन आवश्यक पर्छ । धेरै कुराहरू सहज हुन्छ भन्ने मलाई लाग्छ । नियमावलीको कुरा गर्दा अब प्रतिनिधि सभा नभएको अवस्थामा बजेट, सरकारको नीति कार्यक्रम कहीँ बाहिर पेस हुने अवस्था छैन । प्रतिनिधि सभा नभएको अवस्थामा पनि हाम्रो नीति कार्यक्रम देखि वार्षिक बजेट राष्ट्रिय सभामा पेस हुने कुरा ल्याएका छौँ ।’

त्यस्तै, रावलले राष्ट्रिय सभामा पनि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने व्यवस्थादेखि सदस्यहरूले सोधेका प्रश्नको सात दिनभित्र सम्बन्धित मन्त्रालयबाट उत्तर दिनुपर्ने व्यवस्था प्रस्ताव गरेको बताइन् । 

उनले भनिन् ‘राष्ट्रिय सभा सदस्यहरूलाई निर्वाचित गर्ने स्थानीय तहका प्रतिनिधि र प्रदेश सभा सदस्यहरूलाईलाई पनि छुट्टै प्रादेशिक सवालका विषयहरूमा पनि नियमावलीमा समावेश गरेका छौँ । तत्काल आइपर्ने घटनामा जनताका सरोकारका विषयहरूमा आकस्मिक समयको व्यवस्था गरेका छौँ । सदस्यहरूले सभामा शून्य समय, आकस्मिक समय र विशेष समयमा बोलेका कुराहरू कम्तीमा पनि सात दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था हाम्रै पालामा राखेका छौँ ।’

रावलले प्रतिनिधि सभाबाट प्राप्त गैरसरकारी विधेयकको हकमा विधेयकको प्रस्तुत कर्ता प्रतिनिधि सभाको सदस्यको हैसियतले भाग लिन पाउने व्यवस्था गरेको उल्लेख गरिन् । संसदीय समितिमा सरकारका काम कारबाहीको अनुगमन गर्ने कि अवलोकन गर्ने भन्ने विषयमा समिति सदस्यमा दुबिधा भएको भन्दै अनुगमन हुने कुरामा स्पष्ट पारिन् । 



उनले भनिन्, ‘ संसदीय समितिले सरकारले काम कारबाही गर्ने सवालमा अनुगमन हो कि अवलोकन हो भन्ने विषयमा हामीमा दुबिधा छ । हाम्रो समितिको निष्कर्ष अवलोकन होइन अनुगमन बनाउनुपर्छ । यसका लागि स्पष्ट मापदण्ड हुनुपर्छ ।’ 



  • प्रकाशित मिति : फागुन २०, २०८० आइतबार १५:२९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया