भारी वर्षाका कारण २९ जनाको मृत्यु, ५० जना घाइते

पछिल्लो ४८ घण्टामा परेको भारी वर्षाका कारण पाकिस्तानमा कम्तीमा २९ जनाको मृत्यु भएको छ भने अन्य ५० जना घाइते भएका छन् ।
 
उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तका अधिकारीहरूले आइतबार सञ्चारमाध्यमलाई यसबारे जानकारी गराएका छन् ।

वर्षा र बाढीले थुप्रै घरहरू भत्किएको र सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि यस क्षेत्रमा वर्षासँग सम्बन्धित घटनामा २३ जनाको मृत्यु भएको छ भने बाढीका कारण दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पाँचजनाको मृत्यु भएको छ। 
 
घटनाको विवरण संकलन भइरहेको अधिकारीहरूले जनाएका छन् ।





  • प्रकाशित मिति : फागुन २०, २०८० आइतबार २३:१४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया