सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै, मन्त्रालय बाँडफाँटबारे छलफल हुने
फाइल तस्बिर

नयाँ सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

कार्यदलमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्ले र जनता समाजवादी पार्टी (जसपा) नेपाल का नेता राजेन्द्र श्रेष्ठ रहेका छन् । 

आजको बैठकमा मन्त्रालयको भागबन्डाका विषयमा छलफल हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससहितको गठबन्धन तोडेर एमालेलगायत दलसँग नयाँ गठबन्धन गर्ने निर्णय गर्दै सोमबार पुराना सबै मन्त्रीलाई बर्खास्त गरेर चार सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् ।

एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्यालले सोमबार बिनाविगाभीय मन्त्रीका रूपमा शपथग्रहण गरेका थिए ।   





  • प्रकाशित मिति : फागुन २२, २०८० मंगलबार ८:४३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया