चेक बाउन्समा अमीषालाई अदालतले दियो अन्तिम मौका

अभिनेत्री अमीषा पटेल र उनको कम्पनीका बिजनेस पार्टनर कुणाल ग्रुमरलाई सशरीर उपस्थित भएर बयान दिन अदालतले अन्तिम मौका दिएको छ । अमीषालाई अदालतले मंगलबार अदालतमा उपस्थित हुन भनेको थियो । तर, उनी उपस्थित भने भइनन् ।

पैसा लिएर फिल्म नगरेको, धोकाधडी र चेक बाउन्ससँग जोडिएको एक मामलामा राँचीको सिभिल कोर्टले अमिषा र ग्रुमरलाई अदालतमा उपस्थित हुन भनिएको थियो । 

तर, उनका अधिवक्ताले निजी कारण देखाउँदै समयको माग गरेका थिए । उजुरीकर्ताले भने अभिनेत्रीले पटक–पटक समय माग गरेर घटनाका बारेमा ध्यान नदिएको भन्दै आपत्ति जनाएका छन् । 

ज्युडिसियल मजिस्ट्रेट डिएन शुक्लाको कोर्टले अभिनेत्री अमीषालाई अन्तिम मौका दिँदै आगामी तारिखमा अदालतमा उपस्थित भएर सिआरपिसीको धारा ३१३ अनुसार बयान दर्ता गराउन आदेश दिएको छ ।

राँचीका एक फिल्म निर्माता अजयकुमार सिंहले अमीषाविरुद्ध उजुरी दर्ता गराएका थिए । जसमा उनलाई संगीत निर्माणको नाममा अमीषाले उनीबाट अढाइ करोड रुपैयाँ लिएको उल्लेख गरिएको छ । पैसा लिएपछि अमीषाले संगीत निर्माणको कुनै काम नगरेको आरोप पीडितको छ ।

यसबाहेक अमीषामाथि फिल्म ‘देसी म्याजिक’ बनाउनका लागि अजय सिंहबाट थप पैसा पनि लिएको आरोप छ । दुवैबीच भएको सम्झौताअनुसार फिल्म रिलिज नभएपछि अजयले अमीषालाई पैसा फिर्ताको माग गरेका थिए । 



निकै समयपछि अमीषाले अजयलाई अढाई करोडको चेक दिए पनि त्यो बाउन्स भएको थियो । त्यसपछि अदालतले अमीषालाई अदालतमा उपस्थित पटक–पटक आग्रह गरेको थियो । 



  • प्रकाशित मिति : फागुन २३, २०८० बुधबार १५:१९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया