logo-img

मलेसियामा स्वर्णपदक जितेकी तेक्वान्दो खेलाडीको सम्मान

अन्तर्राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन मलेसिया गएकी सजिना तामाङले दुई वटा पदक जितेकी छन् ।

मलेसियामा फागुन १७ देखि २० गतेसम्म भएको ‘हर्याङ वारिअर आईटीएफ तेक्वान्दो वल्र्ड च्याम्पियनसिप’ मा भोजपुरको षडानन्द नगरपालिका–४ घर भएकी १६ वर्षीय सजिनाले स्वर्ण र रजत पदक जितेकी हुन् ।

उनी एकल स्पिाइरिङ ४३ –५३ तौल समूहबाट स्वर्ण पदक र एकल प्याटन निलो पेटी समूहमा रजत पदक जित्न सफल भएकी हुन् । तामाङ पछिल्लो समय आइटिएफमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी छन् ।



विगतमा पनि विभिन्न पदकहरू जितेकी छन् । तामाङले अन्तर्राष्ट्रिय स्तरमा पुगेर जितेको यो स्वर्ण पदक र रजत पदक  अहिलेसम्मको ठूलो उपलब्धि भएको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको केन्द्रीय अध्यक्ष प्रविणकुमार कार्कीले बताए । 

विश्व स्तरमा पुगेर तेक्वान्दो खेलाडी सजिनाले नेपालको नाम विश्वसामु उच्च राख्न सफल भएकी खेलाडीलाई संघीय सरकार र  प्रदेश सरकारले सम्मान गरिनुपर्ने अध्यक्ष कार्कीले बताए । 

स्वर्ण पदक जित्दै तामाङ बुधबार घर फर्किएकी छन् । उनलाई विराटनगर विमानस्थलमा कोशी प्रदेश आइटिएफ तेक्वान्दो संघले सम्मान गरेको छ । संघका कोषाध्यक्ष ओमकुमार श्रेष्ठले तामाङलाई सम्मान गरेका हुन । 



नेपालबाट प्रतिनिधित्व गर्दै सजिनासहित चार जना तेक्वान्दो खेलाडी र एकजना अम्पायरसहित पाँच जनाको टिम मलेसिया १६ फागुनमा प्रस्थान गरेका थिए । 

चार जना खेलाडीमध्ये वीरेन्द्र कुँवरले दुई  विधामा दुई कास्य पदक जित्न सफल भए । नेपालबाट तामाङ, कुवरसहित खेलाडीहरू देवेन्द्र सुनार,  कैलाश अर्याल र नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका कोषाध्यक्ष रहेका  विक्रम बाठा मगर अम्पायरको भूमिका निर्वाह गर्दै मलेसिया गएका थिए । 



उक्त प्रतियोगितामा विश्वभरका ३१ भन्दा बढी राष्ट्रका २ हजार चार सयभन्दा बढी तेक्वान्दोका खेलाडीहरूको सहभागिता थियो ।

  • प्रकाशित मिति : फागुन २३, २०८० बुधबार १७:३०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया