धादिङ बस दुर्घटना : मृतक सबैको सनाखत

धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा बुधबार भएको बस दुर्घटनाका मृतक सातैजनाको सनाखत भएको छ । भैरहवाबाट काठमाडौं आउँदै गरेको लु२ख २१२१ नम्बरको बस पृथ्वी राजमार्गअन्तर्गत घाटबेँसीमा बुधबार बिहान दुर्घटनामा परी ३९ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ का रुवी श्रेष्ठ, काठमाडौंको चन्द्रागिरि नगरपालिका–१० का ५५ वर्षीय बेखा पुटुवर, कपिलवस्तुका महेन्द्र चौधरी, रुपन्देहीका जोगिन्दर यादव, रामकिशोर जैसवाल, नासिर अलि र सराजुद्दीन मुसलमान रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिएका छन् । 

सो बसमा रहेका नर्मदा सुवेदी, विराज गैरे र प्रकाश पाठक हराइरहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : फागुन २३, २०८० बुधबार २१:१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया