logo-img

नेपाली बजारमा ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

निरन्तर बढ्दै आएको सुनको मूल्यले आज(बिहीबार) हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । बुधबार पाँच सयले बढेर तोलाको १ लाख २३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामै १५ सयले बढेको छ । 

बिहीबार छापावाला सुन तोलाको १ लाख २५ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुन १ लाख २४ हजार ४ सय रुपैयाँ तोकिएको छ । 

चाँदीको मूल्यमा पनि आज एकैदिन ३० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा झरेको चाँदी आज १ हजार ४ सय ७० रुपैयाँ पुगेको छ । 







  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार ११:४८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया