कांग्रेसलाई माओवादीको जवाफ ‍‍- सक्नेले उथलपुथल गर्ने हो

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले अभिव्यक्त गर्नुभएको उथलपुथल शब्दलाई लिएर आतङ्कित हुन आवश्यक नरहेको बताएका छन् । बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले गिरिजाप्रसाद कोइरालाले दिएको जिम्मेवारी आजका दिनमा प्रधानमन्त्री दाहालले प्रयोग गरिरहेको बताए । 

उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन धेरै अघि बढिसकेको कुरामा नेपाली कांग्रेसले पुनः माओवादी हत्या हिंसाको चपेटामा परी आम नागरिकसँगै सुरक्षा निकायका हजारौँ व्यक्ति र सशस्त्र द्वन्द्वका पक्ष नै नरहेका तर बिना कारण जनधन गुमाउनु परेका हिंसात्मक द्वन्द्वबाट पीडित भनेर दस्ताबेजमा छलफल गर्नु उपयुक्त नभएको ठहर माओवादीको रहेको बताए । 

सांसद पौडेलले उथलपुथल सक्नेले गर्ने जवाफ कांग्रेसलाई जवाफ दिए । कांग्रेसले प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले उथलपुथल शब्द प्रयोग गरेकोप्रति आपत्ति जनाए । केही दिनअघि प्रधानमन्त्री दाहालले एक सार्वजनिक कार्यक्रममा आफू बाचुन्जेल उथलपुथल भइरहने अभिव्यक्ति दिए । सशस्त्र जनयुद्ध आवश्यकता भएकाले गरेको पनि बताए । 

उनले भने, ‘यो बेलामा माओवादी हत्या हिंसाको चपेटामा परी आम नागरिकसँगै सुरक्षा निकायका हजारौँ व्यक्ति र सशस्त्र द्वन्द्वका पक्ष नै नरहेका तर बिना कारण जनधन गुमाउनु परेका हिंसात्मक द्वन्द्वबाट पीडित भनेर यो दस्ताबेज अहिलेको नेपाली कांग्रेसको दलमा छलफल भएको छ । हामीले सात सालमा नेपाली कांग्रेसले नै बनाएको क्रान्ति सेनाका बारेमा त प्रश्न उठाएका छैनौँ । सशस्त्र जनयुद्ध पनि आवश्यकता थियो र गरियो । सक्नेले उथलपुथल गर्ने हो ।’





  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार १५:३०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया