काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ ।
लामो समयदेखि कलेजोको समस्याबाट पीडित ६१ वर्षीय महर्जनको गएराति ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको सो नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीले जानकारी दिए ।
महर्जन विस २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनका श्रीमति र दुई छोरा छन् ।
वडाअध्यक्ष महर्जनको निधनमा आज कीर्तिपुर नगरपालिकामा शोक बिदा दिइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटाले महर्जनको निधनमा दुःख व्यक्त गरेका छन् ।
महर्जनको आजै कीर्तिपुरमा अन्त्येष्टि गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।