logo-img

युरोपा लिगमा लिभरपुलको शानदार जित

युइएफए युरोपा लिगको राउन्ड अफ सिक्सटीनको पहिलो लेगमा लिभरपुल फराकिलो अन्तरले विजयी भएको छ । बिहीबार राति भएको खेलमा लिभरपुलले स्पार्ता प्रागलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । 

लिभरपुललाई जित दिलाउन डर्विन नुनेजले २ गोल गर्दा एलेक्सिस म्याक एलिस्टर, लुइस डियाज र डोमिनिक स्जोबोसजलाईले एक एक गोल गरेका थिए । स्पार्ता प्रागले उपहार गोलमार्फत अग्रता कम गरेको थियो ।

छैटौँ मिनेटमा म्याक एलिस्टरले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । २५ औँ मिनेटमा नुनेजले अग्रता दोब्बर बनाए । उनैले पहिलो हाफको अतिरिक्त तेस्रो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमा लिभरपुल ३-० ले अघि बढेको थियो । 



४६ औँ मिनेटमा लिभरपुलका कोनोर ब्राड्लेले आत्मघाति गोल गरेपछि स्पार्ताले अन्तर ३-१ मा झारेको थियो । ५३ औँ मिनेटमा डियान र दोस्रो हाफको अतिरिक्त चौथो मिनेटमा स्जोबोसजलाईले गोल गरेपछि लिभरपुल अन्ततः ५-१ को जितका साथ पहिलो लेगमा विजयी भयो । दोस्रो लेग मार्च १५ तारिखमा हुने छ ।





  • प्रकाशित मिति : फागुन २५, २०८० शुक्रबार ८:४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया