‘रावायण’ मा यशको पारिश्रमिक १ सय ५० करोड

कन्नड सुपरस्टार यश ‘केजीएफ’ सिरिजको बम्पर सफलतापछि कन्नड फिल्म उद्योगको टप स्टार बनिसकेका छन् । दक्षिणदेखि उत्तरसम्म यशको लोकप्रियता बढिरहेको छ ।

अब उनी चाँडै रणवीर कपूरको फिल्म ‘रामायण’मा देखिँदैछन् । फिल्ममा उनी रावणको भूमिकामा देखिँदैछन् । हालसम्म आधिकारिक रुपमा उनको चरित्रको घोषणा नगरिए पनि उनी फिल्ममा अनुबन्धित भइसकेका छन् ।

यो फिल्मका लागि उनले आफ्नो पारिश्रमिक पनि बढाएका छन् । फिल्मका लागि उनले आफूले लिँदै आएको पारिश्रमिकमा अधिकतम प्रतिशत बढाएका हुन् ।

फिल्म ‘रामायण’का लागि उनले १ स्य ५० करोड पारिश्रमिक लिएका छन् । तीन भागमा निर्माण हुने फिल्मलाई उनले प्रति फिल्म ५० करोड पारिश्रमिक लिएका हुन् । यो पारिश्रमिक उनको पछिल्लो ब्लकबस्टर फिल्म ‘केजीएफ’ सिरिज भन्दा पनि बढी हो । उनले ‘केजीएफ’का लागि ३० करोड पारिश्रमिक लिएका थिए ।

उता फिल्ममा राम चरित्रमा देखिन लागेका अभिनेता रणवीर कपूरले फिल्मका लागि ७५ करोड पारिश्रमिक लिएका छन् । तर यो पारिश्रमिक तीन भागका लागि हो या एक फिल्मका लागि हो भन्ने निश्चित भइसकेको छैन ।

रणवीर कपूर र साईं पल्लवीको अभिनय रहने यो फिल्म करिब ५ सय करोड रुपैंयाँमा निर्माण हुँदैछ । फिल्ममा रणवीर श्रीराम र साई पल्लवी सीताको भूमिकामा देखिनेछन् । यश भने रावण बन्नेछन् ।



फिल्ममा अभिनेता सनी देओल हनुमान चरित्रमा, लारा दत्त कैकयी, रकुल प्रित सिंह शूपणर्खाँ चरित्रमा देखिनेछन् । यो फिल्मको छायांकन यसै वर्षको गर्मी महिनाबाट सुरु हुनेछ ।



  • प्रकाशित मिति : फागुन २५, २०८० शुक्रबार ९:३३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया