अभिनेत्री डोली सोहीको निधन

भारतीय टेलिफिल्म ‘झनक’की अभिनेत्री डोली सोहीको निधन भएको छ । बहिनी अमनदीपको निधन भएको केही समयपछि डोलीको निधन भएको हो ।

अमनदीपको लिभरमा समस्या देखिएपछि निधन भएको थियो । डोलीको पनि अमनदीपको निधन भएको केही मिनेटपछि निधन भएको हो । ४८ वर्षीया डोली सर्वाइकल क्यान्सरबाट पीडित थिइन् ।

डोली र अमनदीपको निधनले उनको परिवार शोकमा छन् । अभिनेत्रीहरुको मृत्युले टेलिभिजन उद्योगमा शोक छाएको छ । उनको परिवारले दुवैको निधनको पुष्टि गरेका छन् । उनीहरुको शुक्रबार दिउँसो अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

अभिनेत्रीका भाई मनु सोहीले अमनदीपको निधनपछि उनको दिदी डोलीको हालत गम्भीर नभएको बताएका थिए । तर डाक्टरले अस्पतालमा आराम गर्न सल्लाह दिएका थिए । यद्यपि शुक्रबार बिहान डोलीको निधन भयो । उनी सन् २०२३ मा सर्वाइकल क्यान्सरबाट पीडित रहेको खुलेको थियो ।

डोलीले गत जनवरीमा सर्वाइकल क्यान्सरका कारण टेलिसिरियल ‘झनक’को सुटिङबाट ब्रेक लिनु परेको खुलासा गरेकी थिइन् । उनले ‘भाभी’, ‘कलश’, ‘मेरी आशिकी तुम से ही’, ‘खुब लडी मर्दानी’ र ‘झाँसी की रानी’ जस्ता शोमा अभिनय गरेकी थिइन् । 





  • प्रकाशित मिति : फागुन २५, २०८० शुक्रबार ११:३९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया