प्रहरी ठाना बन्दै सवारीको ‘कवाड’ खाना [तस्बिरहरू]

वर्षौंदेखि स्पष्ट रेकर्डसमेत नराखिएका करोडौँ सवारी साधन प्रहरीकोमा थन्किएका छन् । कतिपय सवारीसाधन त उपयोगमा आउने खालका पनि छन् । तर, ती सवारीसाधनको प्रयोग भएको छैन । 

कवाडीको रूपमा हजारौँ सवारीसाधनहरू प्रहरी कार्यालयमा थुपारिएको देख्न सकिन्छ । थुपारिएका ठाउँमा कुन र कति सवारीसाधन थुपारिएका छन् भन्ने तथ्याङ्क सम्बन्धित कार्यालयसँग छैन । कतिपय सवारी साधनको मुद्दा समयमा किनारा लागेको छैन भने किनारा लागेका मुद्दामा पनि बरामद सामानबारे कुनै उल्लेख नहुँदा बहुमूल्य सम्पत्ति खेर गइरहेको छ ।

वर्षौँदेखि थन्किएका सवारी साधन केही टुटे फुटेका मोटरसाइकल मर्मतपछि प्रयोग गर्न सक्ने अवस्थाका पनि छन् । तर वर्षौँदेखि त्यसरी बेवारिसे अवस्थामा रहेका सवारीसाधनप्रति सवारी धनी र प्रहरीको समेत चासो नहुँदा त्यसै ‘कवाडी’ बन्दै गएका छन् । 

काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका विभिन्न प्रहरी इकाईमा यस्ता सवारी साधनको चाङ देखिन्छ । यी सवारीसाधन ट्राफिक प्रहरीले विभिन्न कारबाही गरेर कार्यालयमा ल्याएका हुन् । तर कारबाहीपछि सवारी धनी लिन नआउँदा यस्ता सवारीसाधन दिनप्रतिदिन कवाडी बन्दै गएका छन् । 

ट्राफिक प्रहरी कार्यालयले दैनिक विभिन्न कसुरमा कारबाही गरेकामध्ये मापसे गरेर कागजपत्र नभएका सवारीसाधनलाई होल्ड गर्छ । यसरी होल्ड भएका सवारी साधन भोलिपल्ट वा कुनै दिन सवारी धनीले आवश्यक कागजपत्र पुर्‍याएर आफ्नो सवारी फिर्ता लग्न सक्छन् । तर केही मानिस यस्ता साधन फिर्ता लिनै आउँदैनन् । 

जसले गर्दा दिनप्रति दिन प्रहरी हातामा सवारीको चाङ लाग्दै गएको छ । चाङ लागेका सवारी साधन देख्दा प्रहरी ठाना नै हो वा कवाड खाना ? एक छिन सोच्न बाध्य बनाउँछ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका प्रहरी कार्यालयमा थन्किएका सवारी साधनहरू ।  





 

  • प्रकाशित मिति : फागुन २६, २०८० शनिबार १०:४३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया