logo-img

हङकङविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, करणले पहिलो बलमै लिए विकेट
फाइल तस्बिर

त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत हङकङविरुद्धको खेलमा नेपाललाई पहिलो ओभरमै सफलता मिलेको छ । नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर करण केसीले दिलाए ।

उनले पहिलो बलमै मार्टिन कोएत्जीलाई शून्यमै आउट गरे । नेपालले आज पनि टस जितेर पहिला बलिङ गरिरहेको हो । नेपालले आज प्लेइङ–११ मा तीन खेलाडी परिवर्तन गरेको छ ।

नेपालले शनिबार हङकङसँग मैत्रीपूर्ण खेल खेलेका राशिद खान, सागर ढकाल र आकाश चन्दलाई बाहिर राखेर लोकेश बम, करण केसी र अविनाश बोहरालाई मौका दिएको हो ।  



दुवै टिम पहिलो खेल जित्दै सिरिजमा सुखत सुरुवात गर्ने योजनामा छन् । सिरिजअघि नेपाल र हङकङले शनिबार मैत्रीपूर्ण टी–२० म्याच खेलेका थिए । सो खेलमा नेपाल ७३ रनले पराजित भयो । नेपाल आइतबार मैत्रीपूर्ण खेलमा बेहोरेको हारको बदला लिने योजनामा छ ।  

हङकङ घरेलु मैदानको फाइदा उठाउँदै फेरि नेपाललाई स्तब्ध पार्ने दाउमा छ । हङकङपछि नेपालले सिरिजमा दोस्रो खेल मंगलबार खेल्ने पपुवा न्यूगिनीसँग खेल्ने तालिका छ । 





  • प्रकाशित मिति : फागुन २७, २०८० आइतबार ११:२३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया